नेपालको पर्यटकीय सुन्दर शहर तथा गण्डकी प्रदेशको राजधानी पोखरा को वडा नं. १७, बिरौटामा अवस्थित यस तिजोरी बचत तथा ऋण सहकारी संस्था लि. मा यहाँलाई हार्दिक स्वागत गर्दछौं ।
आर्थिक उन्नती र बिकासको लागि सहकारी भन्ने मुल ध्येयका साथ सहकारी ऐन, २०४८ बमोजिम स्थापित यस तिजोरी बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १७ बिरौटाबाट आफ्नो बित्तिय कारोबार सञ्चालन गरिरहेको छ । कास्की जिल्ला पुरै कार्यक्षेत्र रहेको यस सहकारीमा प्रतिष्ठित व्यक्तित्व, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमीहरुको सकृय सहभागिता तथा लामो समय सहकारी क्षेत्रमा अनुभव हासिल गरिसकेका व्यक्तिहरुबाट संचालित यस सहकारी संस्थाको मुख्य उद्येश्य सहकारीका सात सिद्धान्तलाई सिरोपर गर्दै समाजमा छरिएर रहेको पुँजी एकिकृत गरी सदस्यहरुको प्रत्यक्ष संलग्नतामा सहकारीको अन्र्तराष्ट्रिय मुल्य मान्यता र सिद्धान्तमा आधारित भई आफ्नै शेयर सदस्यहरुलाई आकर्षण ब्याजदर प्रदान गर्नुका साथै बचत रकमलाई सदस्यहरुको आर्थिक बिकास, सामाजिक बिकास, व्यवसाय प्रवद्र्धन र उन्नतिका लागि सुलभ ब्याजदरमा छिटो छरितो माध्यमबाट कर्जा प्रवाह गरी शेयर सदस्यहरुलाई आर्थिक तथा सामाजिक रुपमा आत्मनिर्भर, सवल, एंव सक्षम बनाउनु रहेको छ ।